समाचार

चर्चित पत्रकार रवी लामिछाने आज निकिता पौडेलसँग विवाह बन्धनमा बाँधिदै !!!

काठमाडौँ – चर्चित पत्रकार रवी लामिछाने शुक्रबार वैवाहिक बन्धनमा बाँधिदै छन् ।उनी आज निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिने भएका हुन् ।पत्रकार रवी लामिछानेले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् ।

केहि समय अघिनै काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराईसकेका उनीहरुले आज परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिने भएका हुन् ।उनले शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन्।पारिवारिक स्रोतका अनुसार रविले विवाहमा परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन्।विवाहको कार्यक्रम गोप्य राखिएको छ।उनले गत माघ सात गते निकितासँग अदालती विवाह गरेका थिए।

Related Articles

Close