धर्म दर्शन

घरमा यी जनावरको मूर्ति राख्नुहोस् !! पाउनुहुनेछ जीन्दगीभरी सुख र शान्ति !!

काठमाडौँ । हिन्दु धर्ममा विश्वास गर्ने हरेक व्यक्तिको घरमा विभिन्न किसिमका भगवान र जनावरहरुको मूर्ति राखिएको हुन्छ । वास्तुशास्त्र अनुसार घरमा जनावरहरुको मूर्ति राख्दा हरेक किसिमका लाभ हुने विश्वास रहेको कारण मूर्तिहरु राख्ने परम्परा रहेको छ । त्यसकारण आज हामी तपाईहरुलाई घरमा कुन भगवानको मूर्ति राख्दा कस्तो लाभ हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।

१.कछुवाको जोडी : सबैभन्दा धेरै समय बाच्ने कछुवाको मूर्ति घरमा राख्दा सुख, शान्ति र सम्पन्नता हुने विश्वास रहेको छ ।

२.हात्तिको जोडी : माता लक्ष्मीको बाहान मानिने हात्तिलाई घरमा राख्दा विराजित हुने र गज लक्ष्मी भन्ने गरिन्छ । त्यसकारण हात्तिको जोडी घरमा राख्नुलाई शुभ मानिन्छ ।

३.गाईको जोडी : गाई र गोरुलाई हिन्दु धर्ममा भगवान कृष्णको शक्तिको रुपमा मानिने गरिन्छ । गाई र गोरु भगवान कृष्णलाई चाहिन्छ । यसले घरमा प्रेम शान्ति र संस्कार ल्याउने गर्छ ।

४.घोडाको जोडी : शक्तिको प्रतिक मानिने घोडाको जोडीलाई घरमा राख्दा त्यसले शक्ति, स्फुर्ति र सक्षमता दिने विश्वास रहेको छ ।
मिडिया एनपी

Related Articles

Close