रोचक

१४ जना अनाथ बालबालिकाको पिता हुन्- कलाकार ‘इकु’ । फिल्म र सिरियलबाट कमाएको पैसाले यि बच्चाहरु पाल्छन् (भिडियो हेर्नुस)

काठमाडौं- पछिल्लो समय नेपाली कलाकारहरु कलाकारितासँगै समाजसेवामा पनि अग्रसर हुन थालेका छन् । यसको गतिलो उदाहरण सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली, नायिका स्वेता खड्कालगायत हुन् । अन्य कलाकारहरुमा पनि त्यो जागरुकता देखिन थालेको छ । कलाकार शुलेमान शंकर जो ‘इकु’नामले परिचित छन्, उनी पनि समाजसेवातर्फ आकर्षित भएका छन् । टेलिचलचित्र मेरिबास्सैबाट दर्शकले शुलमानलाई ‘इकु’ नामले नै चिन्न थाले । उनले केही चलचित्रसमेत निर्माण गरिसकेका छन् । उनै ‘इकु’ले अब स्नेह आश्रम निर्माण गर्ने भएका छन् ।

‘इकु’ ले आफ्नो जन्मोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै स्नेह आश्रम निर्माण गर्ने बताएका हुन् । यसअघि नै उनले १४ जना बालबालिकालाई संरक्षण गर्दै आएका छन् । तिनै बालबालिकासँग जन्मदिनको केक काट्दै उनले भवन निर्माण गर्ने घोषणा गरेका हुन् । इकुले कार्यक्रममा भने, ‘मेरो संसार यिनै बालबलिका हुन् । अब यिनीहरुकै गाँस, बास, कपास र शिक्षाको लागि मेहनत गर्छु ।’ आफ्नो कलाकारिताबाट आएको पैसाले यि १४ जना बालबालिकाहरुलाई इकुले खाना खुवाउने, लुगा किन्ने लगायतका अन्य कामहरु गरिरहेका छन् । यसो गर्दा उनलाई निकै समस्या हुँदैछन्, यद्यपी उनले हार खाएका छैनन् ।

Related Articles

Close