समाचार

जेठ २३ गते देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बिदा दिने निर्णय भएको बताएका छन्, मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका थिए ।


नेपाल इन्साइडर

Related Articles

Close