विचार

विप्लब- “भष्ट्राचारको सुरुवात गर्ने कांग्रेस हो, यो असफल पार्टीलाई कहिल्यै सत्तामा ल्याउनै हुँदैन “

प्रश्नः– जनयुद्ध सुरु भएको २४वर्षलाग्दैछ । जनयुद्ध सुरु गर्दैगर्दा यहाँहरूले लिएका प्रतिबद्धताका बारेमा केही बताइदिनुहुन्छ कि ?

उत्तरः– योएकदम महत्वपूर्ण विषय हो । आज हामी जस्तो परिस्थितिमा उभिएका छौँ यहाँबाट विगत १० वर्षको जनयुद्धलाई समीक्षा गर्दा र यसका केही विषयहरू हामी सबैले देख्ने, अनुभव गर्ने र बुझ्नेगरी अगाडि छन् । पहिलो कुरा महान् जनयुद्ध राजनीतिको एउटा क्रमभङ्ग थियो । नयाँ सुरुआत थियो । एउटा थालनी थियो । त्यसको सार भनेको नेपालमा कायम रहेको सामन्ती सत्ता नोकरशाही तथा दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन र नेपाली जनताको सत्ता नौलो जनवाद हुँदै वैज्ञानिक समाजवादतिर देशलाई लैजाने एउटा सुरुआत थियो । दोस्रो कुरा एउटा एकदम स्मरणीय अन्तर्राष्ट्रिय घटना के छ भने सोभियत सङ्घले धक्का खाएको समय थियो । पेरूको जनयुद्धमाकमरेड गोन्जालोको गिरफ्तारीपछि एउटा सङ्कट पैदा भएको थियो र विश्वभरि समाजवादी आन्दोलनमा एउटा अलि उतारको समय सुरु देखिन्थ्यो । अलि अँध्यारो छाएको जस्तो,वादल लागेको जस्तो देखिन्थ्यो ।त्यही समयमा नेपालका श्रमिक जनताहरूको विद्रोहको प्रतिनिधित्व गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जनविद्रोह सुरु ग¥यो । त्यसले एउटा सफलता प्राप्त गर्दै जाँदाखेरि नेपालमा त जनताले जित्छन् भन्ने साबित ग¥यो । त्यतिमात्रै होइन, सही विचार, सही कार्यदिशा, सही योजना र नेतृत्व रहँदाखेरि जुनसुकै परिस्थितिमा पनि सामन्तवाद पुँजीवादलाई पल्टाउन सक्ने जनताको सामथ्र्य छ भन्नेसाबित गरेको छ । तेस्रो कुरा दस वर्षमा आइपुग्दाखेरि नेपालको इतिहासमा अभूतपूर्वपरिणामहरू प्राप्त भए । जनताले पहिलोपटक आफ्नो सत्ता बनाए ।

सत्ता सामान्य औपचारिक मात्र होइन, व्यावहारिक र कामकाजी सत्ता बनाए । उनीहरूले सत्ताभित्र आफ्नो न्याय बनाए, न्यायप्रणाली खडा गरे । उनीहरूले सुरक्षाकालागि एउटा विशाल जनमुक्ति सेना निर्माण गरे । मिलिसिया निर्माण गरे । त्यसपछि गएर प्रशासन खडा गरे । विभिन्न खालका राज्य र अङ्गहरू निर्माण गरे, प्रशासनिक निकायहरू निर्माण गरे, वित्तिय संस्थाहरू निर्माण गरे, उद्योगहरू निर्माण गरे । शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ सुरुआतहरू गरे । यस्ता खालका अभूतपूर्व परिणामहरू दस वर्षमा प्राप्त भएर ती परिणामहरूले के साबित ग¥यो भने जनतानै इतिहासको निर्माता हो र कम्युनिस्ट पार्टीले सही नेतृत्व दिन सक्दाखेरी जनताले रातारात एउटा कायापलट, एउटा ठूलो परिवर्तनलाई हेरफेर गर्न सक्छन् भन्ने प्रमाणित ग¥यो । यसरी हामी हेर्न सक्छौँ ।दस वर्षपछि नेपालमा शान्तिप्रक्रिया अगाडि आयो । वार्ताप्रक्रिया अगाडि आयो । त्यो नेपाली राजनीतिको अर्को एउटा अँध्यारो कालखण्ड हो र त्यसमा जनयुद्धको गौरवपूर्ण नेतृत्व गरेको नेतृत्व नै उल्टोदिशातिर फर्कौ या जोसँग लडाइँ सुरु गरिएको थियो त्यो र जसलाई पराजित गर्दै अगाडि बढिएको थियो । त्यसकै सामु त्यही वर्ग, त्यही सत्ता अथवा दलाल पुँजीवादी वर्गको अगाडि आत्मसमर्पण गर्दै फेरि पुँजीवादतिर फर्के र नेपाली जनताले रगतको मूल्यद्वारा स्थापित गरेका उपलब्धिहरू जनताको हातबाट उल्टाइदिए ।सत्ताहरू गुमे । सेना गुमे । अदालतहरू गुमे । प्रशासन गुमे । फेरि जनताचाहिँ दलाल पुँजीपति वर्गकै उत्पीडनभित्र बन्द हुनुपर्ने स्थिति आयो । यसरी एउटा कालो खण्ड अगाडि आयो । त्यसलाई त्यो कसरी जान्छ भन्ने ठूलो बहस नेपाली जनतामा थियो । सायद पुँजीवादीहरूलाई, साम्राज्यवादीहरूलाई, उत्तरसाम्राज्यवादीहरूलाई र यहाँका सामन्तवादीहरूलाईअबनेपालको क्रान्ति सिद्धियो भन्ने परेको थियो । पार्टीभित्र एउटा ठूलो बहस थियो र धेरै मान्छेहरूलाई के थियो भने क्रान्ति यहाँसम्म भयो । अब सिद्धियो भन्ने परिरहेको थियो । तर श्रमिक जनताको प्रतिनिधित्व गरेको हाम्रो टिम, हाम्रो पङ्क्तिले एउटा आत्मसमर्पणवादका विरुद्धमा, विसर्जनवादका विरुद्धमा र संशोधनवादको विरुद्धमा पुनः एउटा क्रान्तिको झन्डा खडा ग¥यौँ ।त्यो झन्डा सामान्य नभएर विश्वभरिका श्रमिक जनताका बारेमा देख्नेखालको झन्डा खडा गरेर आज हामी यहाँ आइपुगेका छौँ । फेरी एउटा नयाँ उज्यालो अभ्यास सुरु भएको छ । हामी यहाँ आइपुगेका छौँ र अहिले फेरी दलाल पुँजीपति वर्ग र नेपाली जनताको बीचमा नयाँ सङ्घर्षका किरणहरू अथवा सङ्घर्षकाप्रक्रियाहरू अगाडि आएका छन् । यो त हामी सबैले देखेका छौँ ।

प्रश्नः– मूलतः त्यो बेला जनयुद्धको मुख्य नेतृत्व गरेका भनेर चिनिने प्रचण्ड, बाबुराम र बादलहरू हुन् । जनयुद्धको नेतृत्व गरेका उनीहरूमा एकाएक त्यत्रो विचलन आयो । बाबुरामले माक्र्सवाद नै छोड्नुभयो । प्रचण्डजी पनि हिजो आफूले प्रतिक्रियावाद उन्मुख भनेको एमालेसँग पार्टी एकता गरेर अध्यक्ष भएर बस्नुभएकोछ । एकाएक किन यस्तो भएको होला ?

उत्तरः– उन्मुख होइन, एमालेत प्रतिक्रियावादी भनेर घोषणा गरेको शक्ति भयो । त्यो मात्र होइन, उहाँहरू त काङ्ग्रेससँग चुनावी तालमेलमा जानुभयो । काङ्ग्रेससँग नि सरकारमा पुग्नुभयो । त्यसपछि अन्तर्राष्ट्रिय क्षेत्रमा जसलाई उहाँहरूले दुस्मन भन्नुहुन्थ्यो नेपाली जनताको सम्पूर्ण रूपमा उनीहरूको चाकरी र आत्मसमर्पणमा जानुभयो । यसको पछाडि हामीके देख्छौँ भने यसलाई पनि कनै व्यक्तिविशेषको एउटा नियतिमा नभएर एउटा ऐतिहासिक घटनाक्रमसँग हेर्नुपर्छ । अथवा नेपाली समाजको अर्थसम्बन्ध र राजनीतिक सम्बन्धकै बीचबाट हामीले हेर्नुपर्छ।त्यसमा हाम्रो निष्कर्ष के छ भने प्रचण्डजी जतिवेला युवा अवस्थामा हुनुहुन्थ्यो र नेपाली समाजमा अन्तरविरोध एकदमै धेरै पाकेका थिए, त्यतिबेला उहाँले एउटा सम्भावना देख्नुभयो । क्रान्तिको सम्भावना, विद्रोहको सम्भावना देख्नुभयो र गर्नुभयो त्यो सकारात्मक पक्ष छ । तर हाम्रो समाज एउटा ठूलो सङ्क्रमणमा छ । पुँजीवादमा पनि युगै पुगे छैन । सामन्तवादबाट अलिकति अगाडि बढेको स्थिति, त्यतिबेला त अझ अर्धसामन्ती अवस्थामा थियो । त्यस्तो सङ्क्रमणकालीन राजनीतिक अर्थसम्बन्ध रहेको देशमा अथवा अर्धसामन्ती अवस्था रहेको देशमा नेताहरूका दृष्टिकोणहरू, सोचाइहरू र विचारहरू पनि सङ्क्रमणमै रहेका रहेछन् भन्ने पनि अहिले प्रमाणित भयो ।त्यहाँ सर्वहारावर्गीय दृष्टिकोणको दुहाइ दिए पनि वा सर्वहारावर्गीय विचारको वकालत गरे पनि कम्युनिस्ट क्रान्तिकारीको एउटा प्रतिनिधित्व हुँ भनेर दाबी गरे पनि त्यहाँ सम्पूर्ण रूपले कम्युनिस्टका रूपमा रूपान्तरण भइसकेको स्थिति थिएन भन्ने यसले प्रमाणित गर्छ । उहाँभित्र एउटा द्वैत थियो । एउटा कम्युनिस्ट दृष्टिकोण पनि थियो । उहाँहरूभित्र एउटा निम्नपुँजीवादी अवसरवाद पनि थियो । निम्नपुँजीवादी अवसरवादको एउटा विशेषता के हुन्छ भने परिस्थितिलाई चिर्न सकेन भने उल्टो धारातिर फर्केर विसर्जनतिर पुग्छ । त्यो प्रवृत्तिलाई हामीले विश्लेषण गरेर हे¥यौँ भने प्रचण्डजी–बाबुरामजीहरूमाविचारमा पनि, सोचाइमा पनि र जीवनमा पनिसर्वहारा वर्गीय दृष्टिकोणको समग्र निर्माण भएको थिएन भन्ने कुरा साबित हुन्छ ।

जसले गर्दाखेरि जनयुद्धको अवधि जहाँ तपाईं जनताको बीचमा बस्नुभयो । धेरथोरजनताले लडे, कार्यकर्ताले लडे, बलिदान गरे । ठूलोत्याग भयो । त्यसको बीचमा रहँदाखेरि त मोटामोटी उहाँहरू सर्वहारा वर्गको कित्ताभित्र रहनुभयो । कम्युनिस्टभित्र रहनुभयो । जब उहाँविभिन्नखालका विजातीय वर्गहरूसँग अथवा दलाल वर्गहरूसँग, पुँजीपति वर्गहरूसँग, अन्तर्राष्ट्रिय क्षेत्रका एकदम खप्पिस खेलाडी साम्राज्यवादी वर्गसँग उहाँहरू जोडिनुभयो । घुलमिल हुन जानुभयो । त्यतिबेला उहाँहरूभित्र बाँकी रहेको जो पश्चगामी प्रवृत्ति, निम्नपुँजीवादी प्रवृत्ति त्यसले उहाँहरूलाई खेद्यो अथवा खायो । उहाँहरू फर्किनुभयो । अन्ततः उहाँहरू सर्वहारा कित्ताबाट आफूलाई अर्कोदिशामा बदल्नुभयो । उहाँहरू एउटा संसदीय राजनीतिमै फर्किनुभयो । अहिले उहाँहरू हाम्रो विश्लेषणमा के छ भने दलाल पुँजीपति वर्गको प्रतिनिधिका रूपमा बसिरहनुभएको छ उहाँहरू । त्यहाँ पुग्नुभयो । यसरीहेर्नुपर्छघटनाक्रमहरूलाई ।अब अर्को यसलाई कसरी पनि हेर्नुपर्छ भने हामीले जनयुद्धमा जुन सैन्य रणनीति र कार्यनीतिहरूको विकास गर्दै आयौँ त्यसमा उहाँहरूले जित्न सकिन्छ भन्ने पर्दै गएको भएचाहिँ उहाँहरू सायद सर्वहारा वर्गको कित्तामा अगाडि जाने सम्भावना पनि हुन्थ्यो तर खारा घटनाको पराजय, केही उहाँहरूको निजी जीवनमा भएका सुरक्षाका घटनाहरू, असुरक्षाका घटनाहरू, यस्ता घेराबन्दीबाट उहाँहरू कहाँ पुग्नुभयो भने लडेर सकिँदैन वा उहाँहरू आफैँले बलिदान गर्ने तहमा आफूलाई तयार गर्नुभएको थिएन ।अरू कार्यकर्ता, जनताको बलिदानको तहमा विजयसम्म त उहाँहरूले भावनात्मक कुरा गरेर आउनुभयो तर जब आफैँले शरीरको चुनौती मोल्नुपर्ने वा भौतिक ढङ्गले बलिदान गर्नुपर्नेजस्तोपरिस्थिति खडा भयो । त्यसपछि उहाँहरू एउटा आत्मसमर्पणतिर फर्किनुभयो ।उहाँहरूले निष्कर्ष के निकाल्नुभयो भने लडेर जित्न सकिन्न । जित्न सकिन्न भन्नाको मतलब उहाँहरूलाई छिटोछिटो सत्ताको स्वाद चाहिएको थियो ।सत्ताको रस चाहिएको थियो । त्यो रसबाट वञ्चित भइन्छ भन्ने कुरा गरेपछि उहाँहरू फर्किनुभयो । यी दुईटा कारणले हामीहेर्छौं स् एउटा अर्थराजनीतिक सम्बन्धबाट, अर्कोसैनिक दृष्टिकोणबाट ।

प्रश्नः– अब अहिलेको राजनीतिकाबारेमा कुरा गरौँ । अहिले केपीओली नेतृत्वको सरकार बनेको एक वर्ष हुँदैछ । यसलाई कसरी हेरिराख्नुभएको छ ?

उत्तरः– यसका दुईटा पाटा छन् ।ऐतिहासिक शृङ्खलाबाट हे¥यौँ भने यो सामन्ती, नोकरशाही, दलाल पुँजीपति वर्गको सत्ताकै निरन्तरता हो । त्यसकारण यो सत्ताभित्र जनताले निरन्तर सङ्कट भोग्नुपर्ने, समस्या झेल्नुपर्ने, उत्पीडन खेप्नुपर्ने, अत्याचार भोग्नुपर्ने र विदेशी हस्तक्षेप खेप्नुपर्ने हुन्छ । यो एउटा पाटो हो । ऐतिहासिक दृष्टिले हेर्ने हो भनेनेपालमा सत्तापरिवर्तन भएको छैन । दलाल पुँजीपति वर्गकै सत्ता भएको स्थितिमा जनताले त्यहाँभित्रबाट नयाँ जीवन पाउनेकुरा सम्भव हुँदैन ।अब दोस्रो कुरा, फेरि यहाँ त केपीजी–प्रचण्डजीले कम्युुनिस्टका नाममा सरकारमा गएर समाजवाद ल्याउँछु भन्नेजस्तो गर्नुभएको छ ।हामी कम्युनिस्ट नै हौँ। अब सरकारमा जान्छौँ, बहुमत दिनुस् । त्यसपछि गएर जनताको सुख र समृद्धि ल्याउँछौँ भनेर नारै दिनुभयोसुखी नेपाली समृद्ध नेपालको । यो कुरा नितान्तछलकपटपूर्ण र फट्याइँ थियोे । त्यो ‘पोलिटिकल ट्याक्टिस’ को हिसाबले, राजनीतिक कार्यनीतिका हिसाबले जनतामा दिने नारा, लोकप्रियताका निम्ति र एकछिन आँखा छल्नकालागि त त्यो भन्ने नारा भयो । ठिकै हो तर वास्तविक र व्यावहारिक जीवनमाचाहिँ त्यो परिणत हुने नारा होइन ।उहाँहरूले त्यो सक्ने पनि होइन । किनकि केपीजी र प्रचण्डजी दुवैजनाक्रान्तिको बाटोबाट विचलित भएको, भागेको, पछाडि हटेको पात्र हो । केपीजी झापा विद्रोहको बन्दुक फालेर आत्मसमर्पण गर्न जानुभयो ।प्रचण्डजीत झन् अब महान् जनयुद्धका सम्पूर्ण उपलब्धिहरूलाई खरानी पारेर त्यहाँ पुग्नुभयो । जहाँबाट सुखी नेपाली समृद्ध नेपालबन्ने हो त्यही बाटो छोडेपछि उहाँले यतापटिबाट संसदीय व्यवस्था र दलाल पुँजीवादी सत्ताको सरकारमा पुगेरसुखी नेपाली समृद्ध नेपाल भनेर भन्ने जो कुरा गर्न खोज्नुभयो त्योएकदम भ्रामक र गलत कुरा छ । हुने कुरा छैन । त्यो गलत कुरा हो । एउटा भ्रामक कुरा हो । असत्य कुरा हो । झूठो कुरा हो त्यो । त्यसैले उहाँ फेल खानुभयो । यो ११–१२ महिनामा के देखियो भने उहाँहरूपूरै असफल हुनुभयो । फेल खाने भन्नाले जनताको आँखामा फेल खानुभयो ।हाम्रो त निष्कर्ष नै यही थियो त । हामी त पहिल्यै प्रचण्डसँग विद्रोह गरेर आयौँ । आउनुको कारण के छ भने यो व्यवस्था, यो प्रणाली, यो बहुदलीय संसदीय व्यवस्था, पुँजीवादबाट यो परिवर्तनसम्भवै छैन। जनतालाई सुख दिने वा नयाँ भविष्य दिने यव नेपाललाई स्वाधीन बनाउने भन्ने सम्भव छैन भनेर त हामीले पहिल्यै भनिसकेका थियौँ । उनीहरूको पाटोमा हेर्दा त्यतिबेलासहकार्य गरेका नेताहरू सम्पूर्ण सुखसुविधा त्यागेर एउटा क्रान्तिको बाटोमा अगाडि हिँड्यौँ । त्यही भनेर फक्र्यौं । हाम्रो निष्कर्ष के थियो भने हामीले जे भन्यौँ, त्यही कुरा साबित भयो ।जनताले बुझ्छन् यो कुरा । यो हुने कुरा पनि थिएन भन्ने नै साबित हुन्छ ।

प्रश्नः– जनतालेपाउनुपर्ने पाएनन् सत्ताका कारणले।राजनीतिक रूपमा पनि दिनप्रतिदिन विभिन्न परिघटनाहरू भएका छन् ।अन्तर्राष्ट्रिय परिवेश र नेपाललाई हेर्ने दृष्टिकोण पनि दिनदिनैजसो फेरिइरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ।

उत्तरः– यो एकदम ठीक भन्नुभयो । यो कुरा हो । अब यसमा पनि म दुईटा कुरा देख्छु । एउटाचाहिँ नेपालको आन्तरिक राजनीतिक उतारचढावहरू अथवा घटनाक्रमहरू एउटा नेपालको भूराजनीतिक अवस्थाको कारणले अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरिरहेका उतारचढावहरू यी दुईटा पाटोहरू छन् । यसमा नेपालको आन्तरिक राजनीतिक घटाक्रमहरू हेर्नुभयो भने यो दलाल पुँजीवाद भनेको आफैँमा एउटा सङ्कटग्रस्त राज्यप्रणाली हो ।नेपालमा थप के छ भने त्यसको कट्टर प्रतिनिधिहरू सरकारभन्दा बाहिर छन् । जे भनेपनि वामपन्थी र कम्युनिस्ट नाम गरेका त्यहाँ पुगेका छन् ।त्यो पनि एकदमै कट्टर दलाल पुँजीपति वर्गलाई मन परेको छैन, पच्दैन । अनि सँगसँगै फेरि साम्राज्यवादीहरू उत्तरसाम्राज्यवादीहरूलाई पनि त्यो मन पर्दैन । त्यसो भएपछि यो त सङ्कटग्रष्ट हुनु नै थियो । सङ्कट त यो दलाल पुँजीपति वर्गको चरित्र नै हो । यो त जहिले पनि भइरहेको हुन्छ । तेले सङ्कटलाई टार्नकोलागि अनेकौँ खेलहरू खेल्छ । चुनावका नाटकहरू रच्छ, एउटा पार्टीले जितेको अर्को पार्टीले हारेको नाटकहरू मञ्चन गरिन्छन् । अर्को नयाँ पार्टीहरू बनाइन्छन्, नाराहरू उठाइन्छन्, धर्महरूको कार्ड फालिन्छ यी विविध कुराहरू हुन्छन् ।ती भनेको सङ्कटलाई जनताको आँखाबाट छल्नका लागि गरिएका नाटकीय खेलहरू मात्रै हुन् । अहिले जो चलिरहेको छ, यसमा त सङ्कटछ । सङ्कटपछि के होला तरु भन्ने कुराचाहिँ सबभन्दा महत्वपूर्णकुरा हो । यसमा तीनवटा सम्भावना छन् स् एउटा अहिले केपीजी–प्रचण्डजीहरू र नेपाली जनताहरूबीच सङ्घर्ष हुने र त्यो सङ्घर्षमा कि त केपीजी–प्रचण्डजीहरूले एउटा सामाजिक फासिवाद लाद्ने वा उहाँहरूलाई जनताहरूले क्रस गर्ने । उनीहरूलाई जनताले क्रस गर्नेअनि वैज्ञानिक समाजवादमा देश जाने एउटा यो हो । अर्को सम्भावना के छ भने यी नामधारी कम्युनिस्टहरू अथवा हामीले भनेको सामाजिक दलाल पुँजीपतिहरूको केपीजी प्रचण्डजीहरूको पराजय भयो भने अर्को आउने के हो भने कुनै न कुनै रूपले यहाँचाहिँ एउटा पुँजीवादी फासिवाद वा दलाल पुँजीवादी फासिवाद आउने सम्भावना छ ।

त्यसको खतरा पनि यहाँ छ । हैन सङ्कटलाई कसले हल गर्ने भन्ने कुरा यहाँ छ । अब तेस्रो कुरा के छ भने यो सङ्कटलाई सर्वहारा वर्गले, कम्युनिस्ट पार्टीको नेतृत्वले जनतासँग मिलेर परास्त गर्ने र नेपाललाई वैज्ञानिक समाजवादमा लाने । यी तीनवटासम्भावना हुन् नेपालमा अहिले देखिने । यी तीनमध्येमा सबै कुराहरू अगाडि छन् तर सबै मतलब नेपाली जनताको परिवर्तनकारी प्रवृत्ति छ । आफ्नो जीवनमा चाहिँ नयाँ रूपान्तरण खोज्ने चाहना । त्यसपछि लगातार ऐतिहासिक रूपमा नेपाली जनताले साथ दिँदै आएका प्रवृतिहरू अनि अहिले नेपालमा भइरहेका घटनाक्रमहरू सबैलाई जोडेर हेर्दाकाङ्ग्रेस, केपी र प्रचण्डको उत्तम विकल्प होइन । प्रचण्डजी र केपीजीहरू त असफल हुने कुरा नै भइहाल्यो ।हुँदै जाने कुरा हो तर यसको उत्तम विकल्प र समाधान नेपाली काङ्ग्रेस पनि होइन किनकि इतिहासमा सबभन्दा धेरै नेपालको राष्ट्रियतामाथि सौदाबाजी गर्ने राष्ट्रघात गर्ने पार्टी भनेको त काङ्ग्रेस पार्टी नै हो फेरी । भ्रष्टचार निम्त्याउने, उदारीकरण निम्त्याउने र निजीकरण निम्त्याउँने पनि काङ्ग्रेस नै हो । त्यसकारण काङ्ग्रेस त असफल पार्टी नै हो । त्यसकारण केपी र प्रचण्डको विकल्प काङ्ग्रेस होइन, नेपाली जनताले सायद यो कुरा बुझेका छन् र बुझ्नुपर्छ । त्यसपछिआउँछ सानातिना झिनामसिना पार्टीहरूको कुरा । कसैकसैले राजतन्त्रको कुरा गर्छन् तर ती पनि के हुन् भने अहिले नेपाली जनताको आकाङ्क्षा र इच्छाभित्र पर्ने विकल्पहरू होइनन् ।कम्युनिस्ट पार्टीको नेतृत्वमा जनता, देशभक्त, सच्चा लोकतन्त्रवादीहरू र बुद्धिजीवीहरू, यी शक्तिहरू मिलेर नेपाली समाजलाई एकचोटि संसदीय व्यवस्था, पुरानो सत्ताको संरचनाबाटै परिवर्तन गरेर वैज्ञानिक समाजवादमा लग्ने जो धारा छ यो नै एउटा उत्तम र सम्भावित उज्ज्वल भविष्य बोकेको धारा हो । हामी त्यो देख्छौँ। नेपालको यो हो र यसैमा छ ।अब अर्को जो अन्तर्राष्ट्रिय परिस्थिति भन्नुभयो,अन्तर्राष्ट्रिय त अब यसै पनिअहिले विश्व पुँजीवादी व्यवस्थाका रूपमा आउन खोज्दैछ । हामीसबैले देखेकै कुरा भइहाल्यो । एउटा भूमण्डलीकृत अवस्थामा आउँदैछ । त्यसैले पनि सबै देशहरूमा हस्तक्षेप त चलिराखेकै छ । तर नेपाल जस्तो खालकोभूअवस्थितिमा छ । उता चीन छ । जेसुकै भए पनि चीनमा कम्युनिस्ट सरकार छ । समाजवाद भन्ने चलिरहेकै छ ।त्यसलाई अमेरिकाले रुचाउने कुरा भएन । अब तिब्बतीदलाई लामाहरू निर्वासित छन् । उनीहरूको चलखेल प्रसस्तै भइराखेकै छ । चीनलाई घेर्ने रणनीतिमाअमेरिकाले हेरिराखेकै भइहाल्यो । यहाँ एसियामा अउँदा भारत र चीन दुवै शक्तिका रूपमा उदय भइराखेकादेशहरू हुन् । तिनको बीचको अन्तरविरोध पनि छ । यी विभिन्न कारणले गर्दाखेरि नेपालको राजनीतिमा र नेपालको सत्तामा अन्तर्राष्ट्रिय चासो, उपस्थिति, अतिक्रमण र हस्तक्षेप हुने कुरा चलिराखेकै कुरा छ । अहिले यो बढेको छ ।

प्रश्नः– विश्वको कुनै पनि देश सङ्कटबाट बाहिर छैनन् । स्वयम् अमेरिकामा पनि सबैभन्दा ठूलो सङ्कट छ । सङ्कट हुनेबित्तिक्कै त क्रान्ति हुँदोरहेनछ । यता नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति गर्ने र समाजवाद ल्याउने भनेको छ । यसका आधारहरू केके छन् ?

उत्तरः– हामीले यसलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । पहिलो आधार भनेको नेपाली जनताले एउटा स्वतन्त्र, मुक्त, अधिकारसम्पन्न र स्वाधीनजीवनखोज्दै आइराखेका छन् । काङ्ग्रेसले राणाका विरुद्ध झन्डा उठायो । जनताले राणालाई फाल्न काङ्ग्रेसलाई साथ दिए ।त्यसपछिपञ्चायतका विरुद्ध काङ्ग्रेस र कम्युुनिस्टलाई जनताले साथ दिए । एउटा समय थियो राणाका विरुद्ध जनताले राजालाई पनि साथ दिए । फेरि समय आयो काङ्ग्रेसको सट्टामा एमालेलाई पनि साथ थिए । एमाले र काङ्ग्रेसको सट्टामा माओवादीलाई पनि साथ थिए ।यी सबै घटनाक्रमले के साबित गरेको छ भने जनताले एउटा स्थिर र नयाँ जीवन खोजिरहेका छन् । तर गएगुज्रेको, उत्पीडनमा परेको, दमनमा परेको, हस्तक्षेपमा परेको जीवन होइन, मुक्त, स्वतन्त्र, स्वाधीन जीवन खोजिराखेका छन् । त्यसक्रममा उनीहरूले विभिन्न विकल्पहरूलाई साथ दिँदै छान्दै यहाँसम्म आइपुगेका छन् । तर यो भएको छैन । नभएको कुरालाई पार्टीहरूले विभिन्न ढङ्गले अपव्याख्याहरू गरे । कसैले हाम्रो पार्टी सरकारमा नगएर हो भने । कसैले काङ्ग्रेसले, कसैले एमालेले यी विभिन्न तर्कहरू गरे तर हामीले अघि पनि व्याख्या ग¥यौँ ।यसको सार कुरा भनेको राज्यसत्तामा अहिलेसम्म कुनै परिवर्तन हुन सकेन । नहुनुको कारणलेयहीँ अवरुद्ध भइरहेको छ । त्यसकारण पहिलो आधार के हो भने यो सत्तालाई नै परिवर्तन गर्नुपर्छ है भन्दानेपाली जनतातयार हुने एउटा परिस्थिति छ । पहिलो आधार यो हो । किनभने उनीहरू नयाँ जीवन चाहन्छन् । दोस्रो आधार के हो भने जनताले चाहेर मात्रै त हुँदैन, त्यसलाई नेतृत्व दिनेदृष्टिकोण चाहिन्छ । संस्था चाहिन्छ र पार्टी चाहिन्छ । त्यस हिसाबले नेपालमा यसको पनि अहिले अभाव छैन । पहिलेएकचोटि एकदम प्रचण्ड–बाबुरामहरू संसदीय व्यवस्थामा फर्किसकेपछि त सबै मान्छेलाई एउटा बडो ठूलोभ्रमजस्तो पनि भयो । अथवा एकदमैअविश्वास, आशङ्का र निराशाजस्तो पनि छाउन खोज्यो ।तर तपाईंहामीले जुन सङ्घर्ष ग¥यौँ । नेपाल कम्युनिस्ट पार्टीले जसरी सङ्घर्ष छे¥यो । चाहे पार्टीभित्र प्रचण्ड–बाबुरामहरूको विचलनका विरुद्ध होस्, चाहे बाहिर काङ्ग्रेस र अरू शक्तिहरूले माओवादी आन्दोलनलाई सिध्याउनकालागि खेलेको खेलका विरुद्धहामीले विद्रोह ग¥यौँ । विद्रोह गर्दायो पार्टी बन्ला र रु भन्ने पनि मान्छेहरूलाई प्रश्न थियो । कैयौँले आरोप पनि लगाए । केही मान्छेहरूको इच्छाले गर्दा, महत्वाकाङ्क्षाले गर्दा, पद नपाएर, सुविधा नपाएर भन्नेजस्ता तर्क, एकदमै पूर्वाग्रहपूर्ण, सङ्कीर्ण, दुराशयपूर्ण खालका तर्क पनि आए तर त्यो कुरा थिएन । हामीले नितान्त नेपाली जनताकै हितका निम्ति यी सबै कदमहरू चालेका थियौँ ।

पार्टीबाट विद्रोह गर्ने पनि, बाहिर सत्तासँँग विद्रोह गर्ने पनिहामीले जनताकै हित र देशकै हितकालागि गरेका थियौँ । त्यो कुरा अब साबित भएको छ । अब पछिल्लो समय हेर्नुभयो भने हामीले चुनाव खारेज गर्दाखेरि पनि भयङ्कर ठूलो लडाइँप¥यो । दमन पनि भयो । नेपाली जनताले अलिकति हेरे । पछिल्लो समयमा एघारबाह्र महिनाको केपी–प्रचण्डहरूको यो असफलतापछि जनतालाई के कुरा विश्वास भएको छ भनेएकचोटि सत्तापरिवर्तन गर्ने नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्छ भने हेर्नुपर्छ, साथ दिनुपर्छ । त्यो कम्तीमा एउटा आशा गर्ने ठाउँ कम्युनिस्ट पार्टीले बनाएको छ । त्यसकारण नेतृत्व गर्ने पार्टी पनि यहाँ छ । यो दोस्रो आधार हो ।तेस्रो, हामीले के भनेका छौँ भने एउटा विचारको कुरा गरेका छौँ । विचारमा विगतमा जनयुद्धसम्म जो व्याख्याहरू चले, कसले समाजलाई बदल्ने हो त भने लेनिनको समयसम्म मजदुरहरूले परिवर्तनको नेतृत्व गर्नुपर्छ भन्ने थियो । नेपालमा जनयुद्ध लड्दारि किसानलाई आधार बनाएर परिवर्तन गर्नुपर्छ भन्ने थियो । तर हामीले सबै अध्ययन गरिसकेपछि के देख्यौँ भने ती दुईटै कुरा आजको नेपालको सन्दर्भमा ठ्याक्कै मेल खाँदैनन् ।श्रमिक वर्ग जसलाई हामीले सबभन्दा बढी ध्यान दिन्छौँ, मजदुर–किसानहरू जो हामीलाई बढी उनकै मुक्तिकालागि अथवा अधिकारकालागि भन्नुस् वा त्यही शक्तिमा भर परेर जो परिवर्तनको कुरा गर्छौँ पछिल्लो २१औँ शताब्दीमा आइपुग्दाखेरि हाम्रो तर्क के छ भने श्रमिक वर्गको विस्तार भएको छ। अब मजदुर र किसानमा मात्रै श्रमिक वर्ग छैन, श्रमिक वर्गको दायराको परिधि फराकिलो भएर कहाँ पुगेको छ भने शिक्षित श्रमिक वर्ग जसलाई हामीले नयाँ श्रमिक वर्ग पनि भनेका छौँ, त्यहाँसम्म पुगेको छ । अब निरक्षर मान्छेहरू छैनन् । एकदम कम हुँदै गइरहेको छ। युनिभर्सिटी र कलेजको आधारबाट उत्पादन भएको ठूलो जनशक्ति बेरोजगार छ । त्यो रोजगारीमैगएपनिमजदुरकै रूपमा छ ।माक्र्सले भनेजस्तो डाक्टर, इन्जिनियर, वकिल र वैज्ञानिकहरूलाई पनि पुँजीवादले त मजदुर बनायो । अहिलेकोे माक्र्सको भन्दा २ सय वर्षयता आउँदाअहिले त सबै क्षेत्रमा प्रतिष्ठित क्षेत्रलाई पनि एउटा नितान्त मजदुरका रूपमा चाहिँ उत्पीडन गर्ने वर्गका रूपमा प्रयोग गरिराखेका छन् भने हाम्रो भनाइ के छ भने अबको क्रान्तिमा कलेज र युनिभर्सिटी धारबाट विकास भएको श्रमिक शक्तिहरू शिक्षित श्रमिक शक्तिलाई पनि जोड्नुपर्छ । जो जोडिन्छ, जसलाई जोड्न सम्भव छ । त्यसैले हामीले भन्यौँ यो नयाँ श्रमशक्ति यसो हेर्दा मध्यम वर्गजस्तो पनि देखिन्छ । योसहितलाई जोडियो भने नेपालको क्रान्ति नयाँ उचाइमा उठ्छ । नयाँ तरिकाले हुन्छ । मजदुरबाट मात्र गर्ने पुरानो तरिका, किसानबाट मात्रै गर्ने जनयुद्धको तरिकाले अहिले पूर्णता हुँदैन । त्यसका निम्ति हामीले के भन्यौँ भने किसान, मजदुर र शिक्षित श्रमिक वर्ग यहाँसम्म जोडियो र यसमा अरू बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादीहरूलाई जोडियो भने देशलाई परिवर्तन गर्न सकिन्छ ।उनीहरू आउँछन् भन्ने हाम्रो तेस्रो आधार यो हो । चौथो आधार के हो भने क्रान्तिलाई चाहिने सम्पूर्ण शक्ति हुन्छन् नि त्यसको निर्माण गर्नेकुरा हो । पार्टी मात्रै वातर्कमात्रै वा विचारको कुरा मात्रै गरेरभएन ।

भौतिक रूपले एउटा सुदृढ र सक्षम शक्ति निर्माण गर्न सकिन्छ कि सकिन्न । गर्न सकियो कि सकिएन भन्दाखेरि कम्युनिस्ट पार्टीले आधारभूत रूपले त्यो तयारी गरेको छ ।त्यतातिर नेतृत्व गर्दैछ । त्यसकारण हामी हाम्रो देशलाई परिवर्तन गर्न सक्छौँ । एकीकृत जनक्रान्ति यो शताब्दीको एउटा नयाँ विचारका रूपमा विकास हुनसक्छ किनकि यसले एउटा नयाँ ब्याख्यासहित उएटाचाहिँ समाजवादमा लान खोजेको छ । समाजवाद पहिले मजदुरको मात्रै, किसानको मात्रै तेसो होइन, समाजवाद भनेको त चेतना र श्रमको अभिब्यक्ति हो । चेतना र श्रम मिलेर प्राप्त हुने एउटा व्यवस्था हो । सभ्य समाज हो नि त । त्यसकारण एउटा श्रमबाट मात्रैव्याख्या गर्नु हुँदैन । चेतनाबाट मात्रै होइन,चेतना र श्रमलाई एकठाउँमा ल्याउँदावास्तविक एउटा वैज्ञानिक समाजवाद बन्छ भन्ने भएपछि एउटा यो बन्न सक्छ, यसले ल्याउँछ भन्ने हाम्रो विश्वास हो ।

Related Articles

Close