स्वास्थ्य/ जिबनशैली

चुइगम खानुहुन्छ ? यस्ता छन् स्वास्थ्यमा पार्ने नकारात्मक असरहरु ::

चुइङगम चपाउने अनि पड्काउने अधिकांश किशोर किशोरीहरु हुन्छन् । चुइगमको प्रयोग गरे दाँत सफा हुन्छ भन्ने भ्रम पनि छ कतिमा तर यसको हानिकारक पक्षबारे भने कोही सचेत भएको पाईंदैन ।प्राचिन ग्रीकमा पनि मानिसहरु दाँत सफा गर्न र श्वास स्वच्छ राख्न रुखको चोप चपाउँथे । आनन्दका लागि रुखको चोप चुइङगमको रुपमा चपाउने गर्थें । अचेल चुइङडम विश्वव्यापी रुपमा प्रयोग गरिन्छ ।

इजरायलको तेलअबिब विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानका अनुसार बच्चा तथा किशोरहरुमा चुइङगम चपाउने बानीले टाउको दुखाइएको समस्या निम्त्याउँछ ।अध्ययनमा संलग्न मेर मेडिकल सेन्टरका डा. नाथन बोटेम्बर्गका अनुसार चुइङगम चपाउने बानी छाडिदियो भने टाउको दुख्ने समस्या निकै समाधान हुन्छ ।यस्ता छन् चुइगमले मानिसको जीवनमा पार्ने केहि नकारात्मक असरहरु :

१. गुलियो पदार्थ प्रयोग गरिएको चुइङगमले दाँत सड्नेदेखि गिजाको रोगसमेत निम्त्याउँछ । तत्कालै ब्रस गरिएन भने चुईङगमा भएको गुलियो पदार्थले विस्तारै दाँतको इनामेलमा घटाउँछ ।अप्राकृतिक गुलियो प्रयोग गरिएको चुईङगमले कसैलाई एलर्जी, चिडचिडापन र टाउको दुखाई निम्त्याउन सक्छ ।

२. चुइङगम चपाउने बानीले बंगारामा दबाब सिर्जना गराउन सक्छ । तत्काल वास्ता गरिएन भने यसले ‘टेम्पोरोमान्डि ज्वाइन्ट डिस्अर्डर (टिजेडी) हुन सक्छ, जसबाट असैह्य रुपमा अनुहारको दुखाई र घाँटीमा असजिलोपना हुनसक्छ ।

३. लगातार चुईङगम खानाले पेट र पाचन प्रणालीमै असर पर्न सक्छ । खाना खाएपछि पच्न केही समय चाहिन्छ । तर, लगातार चुईङगम चपाइरहेपछि मुखबाट निस्किएको ¥यालले खाना पचाउने समय दिदैंन । यसले गर्दा ग्यास्ट्रिक र दुखाईको समस्या आउँन सक्छ ।

४. यदि दाँतमा मक्र्युरी भरिएको छ भने चुइङगम लगातार चपाउँनाले त्यो निस्कन्छ । मक्र्युरी मेटाबोलिजमका लागि खतरनाक हुन्छ । मक्र्युरीले रगत, पिसाब नली, नसा र ब्रेनलाई असर पार्छ ।

५. किशोर उमेरमा अत्यधिक चुइङगम खानाले बंगाराको हड्डी तथा मांसपेशी तन्कन्छ र अनुहार ठुलो बन्न सक्छ ।

Related Articles

Close