भिडियो

आज असार १५ – धान दिबस ! हिलो खेलेर रमाइलो गर्दै यसरि मनाउदै ( भिडियो)

आज असार १५ गते अर्थात् धान दिबस ( रोपाइँ जात्रा ) आजको दिन नेपाल राज्यअधिराज्यभर मनाइने गरेको छ। नेपाल कृषि प्रधान देश भएकाले आजको दिन लाइ बिशेष पर्बको रुपमा मानिने गरिन्छ। देशका गाउघर मा धान रोपेर मनाइञ्छ भने सहर बजारमा पनि यसलाई धन दिबसको रुपमा हिलो खेलेर पर्ब को रुपमा मनाइञ्छ। आजकै दिन किसान वर्षभरका लागि छाक जुटाउन खेतीमा ब्यस्त भैरहदा हिलो खेल्ने पर्ब मनाउने हरु पनि ठुलै भिड हुन्छ।

पोखरा , काठमान्डौ लगायत् देश भर हिलो खेलेर धन रोपाइँ गरे मनाइञ्छ। असारे भाकामा गीत गाउँदै छुपुछुपु हिलोमा धान रोप्दै गर्दाको रमाइलो गर्ने र हेर्ने धेरै हुन्छन । देशभर गरिने यस्तो पर्वमा नेपालहरु मात्र हैन बिदेशीहरु पनि हिलो खेल्न ब्यस्त हुन्छन। नेपाल पर्यटन बोर्डले पनि आजको दिन हिलो खेल्ने कार्यक्रम को आयोजना गर्दै आएको छ। युवा र युवतीहरु खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

आजको दिन दही च्यूरा खाएर मनाउने गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।

Related Articles

Close