मनोरंजन

छविराज ओझा र शिल्पा पोखरेलबीच कुरा मिल्यो,भयो यस्तो सहमति

काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । एकले अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएपछि आज महानगरी प्रहरी परिसरमा उनीहरुबीच कुरा मिलेको हो । अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौले उनलाई बोलाएको थियो । निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने प्रतिबद्धता जनाएपछि दुवैबीच सहमति भएको प्रहरीले जनाएको छ ।

शिल्पाले दिएको निवेदनका आधारमा छविलाई छलफलका लागि परिसरमा बोलाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए, उनीहरुलाई बिहान १० बजे छलफलका लागि प्रहरी परिसरमा बोलाइएको थियो ।शिल्पाले दिएको शान्ति सुरक्षा निवेदनमा छविसँग डिभोर्स समेत मागेको हल्ला बाहिर आएको थियो । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्य रुपमा बिबाह भएको थियो ।

अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमान्ले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा पुगेकी थिइन् । शिल्पा हाल चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा बसेकी छन् । शिल्पालाई उनको नम्बरमा फोन गर्दा रौनियार पत्नी तथा निर्देशक सम्झना रौनियार उप्रेतीले उठाउने गरेकी छन् ।

यस विषयमा ओझाले भने आफूले कुनै हिंसा नगरेको दाबी गरेका छन् । ‘हाम्रो ७३ सालमा बिहे भएको थियो र ६ महिना अघिमात्र बिहे दर्ता भएको थियो’ ओझाले रातोपाटीसँग भने, ‘ सामान्य विवादमा गत असार ८ गतेदेखि घरबाट निस्केर हिँडेकी थिइन् । अहिले उजुरी गरेको कुराले अचम्म लागेको छ ।’छबिले शिल्पा कसैको निर्देशनमा आफूविरुद्ध लागेको आरोप लगाएका छन् । ‘मेरो चरित्र पूरै चलचित्रकर्मी र चलचित्र उद्योगलाई थाहा छ कानको जाली फुट्नु त के एक थप्पड समेत हानेको छैन ।’
Source:Ratopati

Related Articles

Close