समाचार

प्रधानमन्त्री ओलीलाई काँग्रेसको प्रश्न: ‘लगाम’ उपहार पठाऊ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लगाम’ उपहार पठाऊ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री भन्दै प्रश्न गरेका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमासरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले काँग्रेसलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न भनेपछि प्रवक्ता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।मन्त्री बास्कोटाले भने, ‘काँग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछ्ने हो भने दिनभरि वीपी, रातभरि विप्लव हो ? हिंसाबारे काँग्रेसको धारणा के ?

बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’ यता काँग्रेस प्रवक्ता शर्माल भने, ‘प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ उनै प्रधानमन्त्रीका ‘फोटोकपी’ मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिँड्नु उचित हुन्न् । भनाइ छ– हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न् !’रातोपाटीसँगको सक्षिप्त कुराकानीमा प्रवक्ता शर्माले स्टालिनको तस्वीर पार्टी कार्यालयमा राख्नेहरुले काँग्रेसलाई लोकतन्त्रको परिभाषा र संस्कार सिकाउनुको के अर्थ भन्दै प्रश्न गरे । उनले भने, ‘जसले पार्टी कार्यालयमा स्टालिनको तस्वीर झुण्ड्याएर राख्नछन् उनीहरुले हामीलाई लोकतन्त्रको परिभाषा र संस्कार के सिकाउ छन् ?जसको दर्शन नै हिंसालाई बढवा दिन्छ र बलप्रयोग गरेर राज्यसत्ता हासिल भन्छ ।

उसले हामीलाई शान्तिको परिभाषा दिनुको के अर्थ हुन्छ ?’ उनले मन्त्री बास्कोटाको अभिव्यक्ति प्रतिक्रिया जनाउने खालको पनि नरहेको तर्क गरे । उनले भने,‘काँग्रेसका तर्फबाट मन्त्रीलाई जवाफ भनेर आउँदैन प्रधानमन्त्री ज्यूलाई नै भन्छौँ, ‘लगाम’ उपहार पठाऊ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ? मन्त्रीलाई अवाफ होइन प्रधानमन्त्रीलाई सचेत गराउन चाहान्छौँ ।’ उनले अगाडि थपे, ‘उनले गाउँमा कसैका छोरा छारी विर्गिए भने वा अराजक भए भने उनीहरुका छोराछोरीलाई हप्काएर हिँड्नु जिम्मेवार नागरिकको कर्तव्य होइन ।

तीनका अभिभावकलाई सचेत गराउने हो ।’सरकारका प्रवक्ता बास्कोटाले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युका सन्दर्भमा संसदीय समिति बनाउन नसकिने बताए तर काँग्रेस कुमार पौडेलको मृत्यु प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । काँग्रेसले उक्त विषयमा गृहमन्त्री रामबहादुर थापा बादलको जबाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय छानबिन समिति गठनको मागसहित संसदमा नाराबाजी गर्दै आएको छ । तर उसमितिमा बस्नेहरुको पूर्व दृष्टिकोण हुने र समितिको प्रतिवेदन राजनीतिक प्रपोगाण्डा मात्र हुने मन्त्री बासकोटाको दाबी छ ।
Source:Ratopati

Related Articles

Close