समाचार

वीपी प्रतिष्ठानबाट १३ दिने शिशुको अपहरणप गरि भारत बेच्न लान खोज्ने नन्द-भाउजू पक्राउ, बच्चाको पनि उद्दार

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राती १३ दिनको शिशु चोरी भएको छ । शिशु चोरीको आरोपमा प्रहरीले दुई जना महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान १५ की लिला बिक र उनकी भाउजु मिना लिम्बु बिक रहेका छन् । शिशुलाई धरान–१५ बगरकोटमा फेला पारिएको थियो ।

लिला विकका श्रीमान् भारतको दिल्ली बस्दैं आएको बताइएको छ । इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आफु पाल्नका लागि लगेको भनेर बयान दिएको बताए । ‘विक्रि गर्नका लागि लगेको पनि हुन सक्छ हामी अनुसन्धान गरिरहेका छौं ।’–डिएसपी न्यौपानेले भने ।

उनीहरु विरुद्ध बच्चा चोरी तथा अपहरणको जाहेरी आएको उनले बताए । १०/ १२ दिनदेखि बच्चा जन्मिए पछि राख्ने वार्डतिर नै बसेर सहयोग गरेजस्तो गरेर विश्वास जितेर हिजो राती आफन्त निदाएको बेला बच्चा चोरी गरेको पाइएको डिएसपी न्यौपानेले बताए चोरी भएको सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ का जितनारायण मेहता र बबिता मेहताको छोरा हो ।

बबिताले गत असार १३ गते छोराको जन्म दिएका थिए । आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुको वार्डमा नै राखेर उपचार भइरहेको चिकित्सकले जनाएका छन् । लिला विक वर्डामा कुरुवाजस्तो भएर बस्दै आएको थियो उक्त शिशुलाई अर्को मान्छे बोलाएर सबै निदाएको बेला लगेको पाइएको छ ।
Source:Tajakhabar

Related Articles

Close