समाचार

यी सुन्दरी ईनिस्पेक्टरले समातिन राजधानीमा गुण्डागर्दीमार्फत व्यवसायीबाट हप्ता असुल्ने गुण्डालाई !!

बालुवा सेटिङमा घुस लिएको आरोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ असईसहित ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएपछि कोटेश्वरका हालका इन्चार्ज राजु लामालाई हटाएर इन्सपेक्टर एलिजा गिरीलाई पठाइएको हो । गिरी सो क्षेत्रमा इन्चार्ज भएर पुगेपछि सो क्षेत्रको अहिले छुट्टै रौनक छ । कुनै बेला समाचार वाचिकाको रुपमा काम गरेकी एलिजाले केही म्युजिक भिडियोमा पनि काम गरेकी थिइन् । २०७० सालवाट प्रहरीसेवामा प्रवेश गरेकी गिरीको सुन्दरताको पनि चर्चा हुन्छ ।

राजधानीमा गुण्डागर्दीमार्फत व्यवसायीबाट हप्ता असुल्ने धन्दामा सक्रिय निमा लामा भन्ने राजेन्द्र लामालाई पक्राउ गरेपछि सो क्षेत्रका स्थानियले केही राहत महशुष गरेका छन् । महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई पक्राउ गरेको हो ।लामालाई काठमाडौंको कोटेश्वरबाट प्रहरी निरीक्षक एलिजा गिरीको कमाण्डमा गएको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो । फरक क्षेत्रवाट प्रहरी सेवामा प्रवेश गरेकी गिरीले कोटेश्वरमा इन्चार्ज पद सम्हाल्नासाथ पाएको सफलताले उनको चर्चा झन चुलिएको हो । लामाका हरेक अराजक र गैरकानूनी क्रियाकलापबाट आजित बनेका सर्वसाधारणहरूको उजुरीपछि निरीक्षक गिरी एक्सनमा उत्रिएकी हुन् ।

काभ्रेपलाञ्चोक जिल्ला स्थायी घर भएका ‘टोले गुण्डा’ लामाले बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका व्यवसायीहरूलाई डर, त्रास र धाकधम्की दिएर महिनावारी उठाउने गरेको उजुरी प्रहरीमा परेको थियो । महिनावारी नदिए मार्नेसम्मको धम्की दिँदै आएका लामालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ । ‘टोले गुण्डा’ लामा ०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल समेत परेका थिए ।

Related Articles

Close