रोचकसमाचार

नेपालमा भित्रियो प्रति केजि ६ लाख पर्ने ट्रोफल : दिन थाल्यो फल ! के हो ट्रोफल ??

युरोपियन देशहरुमा खेती गरिदै आएको ट्रोफल नेपालमा भित्रिएको छ । यो एउटा रुख हो । यसको हाँगामा फल फल्दछ भने जमिन मुनी जरामा ढुंसी फल लाग्छ । यही जमिनमुनी लागेको ढुंसी फल नै ट्रोफल हो । यसलाई सञ्जीवनी बुटी पनि मानिन्छ । युरोप तथा अमेरिकामा १ केजीको ५ लाखसम्म पर्छ । यसको खेती चिसोहावापानी मा गर्न सकिन्छ । नेपालमा यसको खेती भने अनुसन्धानमै रहेको छ ।

यो विरुवालाई नेपाल भित्राउने काम भने त्रिभुवन विश्वविद्यालय र जनकम्युनको सहकार्यमा नेपाल भित्रीएको हो । आज भन्दा ६ वर्ष अघि नेपाल भित्रिएको यस विरुवाले अहिले फल दिन थालेको छ । यसको खेती नेपालको पहाडी भु भागमा गर्न सकिन्छ । तथापी जव यस विरुवाको उत्पादन आउछ र बजार पाउँछ अनि भने बल्ल नेपालमा खेती सम्भाब्यता बारे प्रमाणित हुन्छ ।

अहिले भने यसको ब्यावसायिक खेती भने नेपालमा कहि कतै भएको पाइदैन केवल २०० बोट बाहेक यसको खेती नेपालको पहाडी भुभागमा गर्न सके र यसको उत्पादन लिन सके नेपालीको भविश्य साच्चै नै उच्च राख्दछ । लायत, फ्रान्स र स्पेनमा हुने बहुमूल्य ट्रोफल खेती रोल्पा जिल्लाको थवाङमा भइरहेको छ । रोपिएका ३०० बिरुवामध्ये २०० बोट फल्न थालेका छन्।शुरूदेखि नै ट्रोफल वगानको रेखदेख गरिरहेका राजकुमार रोका मगर ले अहिलेसम्मको अवस्थाले ट्रोफलको लागि रोल्पा उपयुक्त देखिएको बताए।

Related Articles

Close