भिडियोसमाचार

रबि लामिछाने बिरुद्ध लाग्नेलाइ मुद्धा हालेरै फर्किए निकिता र रविको दाईले,निकिताले मुख खोलिन(हेर्नुहोस भिडियो)

पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण कीर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिन नमाने पछि आजै बबरमहलस्थित सरकारी वकील कार्यलय बाट जाहेरी दिने भएको छ । लामिछानेकी श्रीमति निकिता पौडेलले दिउँसो महानगरीय प्रहरी परिसर टेकु पुगेर दिएको उजुरी काठमाडौं प्रहरीले अस्वीकार गरेपछि सरकारी वकील कार्यलय बाट जाहेरी दिने तयारी भईरहेको हो ।

पौडेलले अनुसन्धानमा रहेको पत्रकार सालिकराम पुडासैनीको भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी थिइन् ।तर प्रहरीले उजुरी दर्ताका लागि प्रमाण नपुग्ने र चितवनमा अनुसन्धान भइरहेको विषयमा क्षेत्राधिकार नपुग्ने भन्दै प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो भिडियो हेर्नुहोस:

Related Articles

Close