भिडियो

रबि लामिछानेलाई कैदीको रुपमा देख्दा श्वेता खड्का रोईन् !! भेटेर आएपछि जेलभित्रको सबै रहस्य खोलिन् (भिडियो हेर्नुस)

पत्रकार रवि लामिछानेलाई शालिकराम पुडासैनी करणमा हिरासतमा लिएसँगै सामाजिक सञ्जाल निकै तातेको छ । रविलाई भेट्न उनका शुभचिन्तकहरु चितवनमै पुगी रहेका छन् । हालै नायिका श्वेता खड्काले पनि रविसँग भेटघाट गरेकी छिन् । उनले रविलाई भेटेपछि सामाजिक सञ्जाल फेसबुकमा मार्मिक भएको उल्लेख गर्दै न्याय नडगमगाओस् भनेकी छिन् । उनले लेखेकी छिन्, ‘यो अँध्यारो केहिबेरको लागि मात्र हो, भोली बिहान फेरी सूर्य उदाउने छ र नयाँ दृश्य छर्लङ्ग देखिनेछ । आदरणीय रवी लामिछाने दाईसँग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो ।

कसुर सावित नभएतापनि कसुरवार सरह जीवन यापन गरिरहेका रवी दाइसँगको २ मिनेटको त्यो भेटमा उहाँले मेरो स्वास्थ्य अवस्था मात्र होईन सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्तिको बारेमा पनि सोध्न भ्याउनुभयो । म, रवी दाईसँग जेल भित्र २ मिनेटको भलाकुसारी गरिरहँदा बाहिर उनै रवी दाईको समर्थनमा घन्किरहेको केहि नाराहरुले हामी बिचको संवादमा अवरोध खडा गरिरहेको थियो । ३६ डिग्रीको उग्रतापमा गुन्जिरहेको , हाम्रो देश, हाम्रो रवी , प्राण भन्दा प्यारो छ , भन्ने आवाजलाई म स्पस्ट सुनिरहेको थिएँ । त्यही आवाजका बिचमा हाम्रो संवाद चलिरहेको थियो । भिडियो हेर्नुस-

Related Articles

Close