भिडियोसमाचार

सर्वसाधारणको माग जंगबहादुर जस्तै ‘अब यो देशमा रवि लामिछानेलाइ प्रधानमन्त्री बनाउनु पर्छ’ (भिडियो)

पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् । जिल्ला अदालत चितवनले आज लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने ‘रुकु कार्की’लाई साधारण तारेखमा रिहा गरेको हो । अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले उक्त निर्णय गरेको अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछाने र कँडेलसँग नगद, जेथा जमानत वा बिना सर्तको बैंक ग्यारेन्टी माग गरिएको छ । कार्कीलाई भने साधारण तारेखमा रिहा गरिएको उहाँले जानकारी दिनुभयो । उनीहरु नगद धरौटी जम्मा गरी रिहा भएका छन् ।

उहाँका अनुसार लामिछाने र कँडेललाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ बमोजिम धरौटी माग गरिएको र कार्कीलाई दफा ६९ बमोजिम साधारण तारेखमा राख्ने आदेश दिइएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा आदेश गरिएको उल्लेख छ । पछि साक्षी र बकपत्रका आधारमा कानूनबमोजिम फैसला हुने गिरीले जानकारी दिनुभयो । आदेशको पूरक खण्डमा लामिछाने र कँडेलले सञ्चालन गर्दै आएको २४ टेलिभिजनको ‘जनतासँग सिधा कुरा कार्यक्रम’ मुद्दासँग सम्बन्धित भएकाले मुद्दाको टुङ्गो नलागेसम्म प्रस्तुत मुद्दाका विषय वस्तुलाई समावेश गरेर कुनै कार्यक्रम गर्न रोक लगाइएको छ ।

यसै क्रममा आज दिउसो चितवन जिल्ला अदालतमा मुद्दा पुर्पक्षका लागि दुरुत्साहन कसुरमा पक्राउ परेका रवि लामिछानेसहित तीनजनाको थुनछेक बहस भैरहेको थियो तर यता काठमाडौंमा रविको पक्षमा समर्थकहरुले पानी पर्दा पर्दै प्रदर्शन गरिरहेका थिए ।उनीहरुले काठमाडौंको माइतीघरमा नाराजुलसुसहित रविको पक्षमा प्रदर्शन गरिहरेका थिए । समर्थकहरुले बुद्धको तस्बिर, नेपालको झण्डा र विभिन्‍न नारा लेखेको ब्यानर बोकेर पानीमा भिज्दै प्रदर्शन गरिरहेका थिए।

प्रदशनको क्रममा सर्वसाधारणले रिहाइको माग गरिरहेका थिए । प्रदशनमा एक अभियानता भन्दै थिए “अब यो देशमा पृथ्वीनारायण जस्तो भएर जन्मीऔ”, “यो देशमा मदन भण्डारी जस्तो भएर जन्मियौ”, “यो देशमा हामी जंगबहादुर राणा जस्तो प्रधानमन्त्री भएर जन्मिनु पर्ने आवस्यकता” रहेको छ । रास्ट्रवादी भनेर भित्रभित्रै रास्ट्रलाइ खोक्रो पार्ने दलालहरुलाई तह लगाउन पनि यो देशमा रवि लामिछाने जस्तो युवाको आवस्यकता छ भन्दै उनले भाषण गरे । उनले आक्रोश पोख्दै भन्दै थिए “अब यो देशमा रवी लामिछाने प्रधानमन्त्री बनाउनु पर्छ” अनि मात्र यो देशमा बिकाश र दुखि पिडितले न्याए पाउने छन् । बाँकि तलको भिडियोमा हेर्नुहोस:::

Related Articles

Close