मनोरंजन

फ्राइडे रिलिजः साम्राज्ञीको मारुनीसँग साहो भिड्दै

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आजबाट फिल्म ‘मारुनी’ प्रदर्शनमा आएको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको रोमान्स रहेको यो फिल्मले देशभर एकल प्रदर्शनको अवसर पाएको हो ।

यद्यपि, देशभरका चलचित्र भवन भने ‘मारुनी’ले पाएको छैन ‘मारुनी’ भन्दा बढी हल बलिउड फिल्म ‘साहो’ले कब्जा गरेको छ । ‘मारुनी’ पारिवारिक कथामा राम्रो फिल्म बनाउदै आएका निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् ।

पुनम गौतमको निर्माण रहेको फिल्ममा साम्राज्ञी र पुष्पको अलवा नव–अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका छ ।त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको यो फिल्म तीजको छेको पारेर प्रदर्शनमा आएको हो ।

यो फिलमसँग भिड्न नेपाली फिल्म नआएपनि साउथ सुपरस्टार प्रभास अभिनित फिल्म ‘साहो’ भने रिलिज भएको छ ।‘साहो’ का कारण ‘मारुनी’ले मल्टिप्लेक्समा अत्यन्त न्यून शो पाएको छ । ‘साहो’ प्रति दर्शकको चासोले गर्दा मल्टिप्लेक्सले उच्च सो दिएको हो ।
Source:Ratopati

Related Articles

Close