रोचक

विश्वको ठूलो झिंगा, साढे २ इन्चको पखेटा

एजेन्सी–सन् २०१२ मा बलिउडमा ‘मख्खी’ नामक फिल्म बनेको थियो । त्यहाँ रहेको मुख्य पात्र मख्खी अर्थात झिंगो थियो । सामान्य रुपमा पाउने झिंगोभन्दा अलि फरक, ठूलो र असाधारण क्षमता भएको त्यो झिंगाको कथामा आधारित फिल्म जस्तै एउटा यस्तो झिंगो फेला परेको छ, त्यो अरुभन्दा फरक र असाधारण नै छ ।

इन्डोनेसियाको आइल्यान्डमा फेला परेको यो झिंगो सामान्य मानिसको बुढी औला भन्दा ठूलो छ पहिले नेपाल भारतमा पनि पाहिने यो झिंगो दशौं वर्ष पहिलेबाट गायब नै भएको थियो ।लामो समयको खोज तथा अनुसन्धानपछि जंगल विभागले ठूलो र जिउँदो झिंगा फेला पारेको छ । प्रकृतिवादी तथा खोजकर्ता रसेल वैलेसले यो झिंगाको नाम ‘वैलेस–जाइन्ट बी’ राखिदिएका छन् ।

१९८१ मा केही वैज्ञानिकहरुले यस्तो झिंगाको नमूना फेला पारेका थिए । त्यसपछि त्यो झिंगा कतैपनि नदेखिएको दाबी गरेका छन् ।एक खोज अनुसन्धानकर्ताको टोली जेनेवरीमा इण्डोनेसियाको जंगलमा पुगेको थियो । यसको पहिलो तस्वीर खिच्ने क्ले बोल्टले यो झिांगा सबैलाई हैरान पार्ने खालको रहेको बताएका छन् ।

उनले झिंगो उड्दा पखेटाबाट आएको आवाज सबैले सुन्न सक्ने खालको हुनेपनि बताएका छन् ।साढे २ इन्च अर्थात ६ सेन्टिमिटर लामो पखेटा भएको यो झिंगो संसारकै सबैभन्दा ठूलो झिंगा हो । यो तराई क्षेत्रको जंगलमा पाइन्छ । धेरैजसो इन्डोनेसियाको उत्तरी माल्यूकश आइल्याण्डमा पाइने झिंगाको तस्करीसमेत हुने गरेको छ ।
Source:Tajakhabar

Related Articles

Close