समाचार

प्रेम प्रस्ताव अस्विकार गर्दा ए’सिड प्रहार गरिएकी किशोरीको स्वास्थ्य झनै बिग्रिदै गएपछि गरियो काठमाडौं रिफर

ते’जाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारको लागि आज अपराह्न काठमाडौँ पठाइएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–३ छपकैया निवासी मुस्कान खातुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँको कीर्तिपुर अस्पतालमा पठाइएको हो ।

खातुनमाथि ते;जाब प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले ते;जाब प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माका अनुसार मजिद आलमले मुस्कानुलाई प्रेम गरेको र उनको प्रेमलाई मुस्कानले स्वीकार नगरेको कारण आफूले घटना गराएकोे संसादले बयानमा बताएका छन् ।
Source:Tajakhabar

Related Articles

Close