समाचार

भारत र बेलायतमा मात्र होइन नेपाली चेली अस्मिता बनिन् अमेरिकी सेनामा सेकेण्ड लेफ्टिनेन्ट !

काठमाडौं- नेपाली चेली अस्मिता अमेरिकी सेनामा सेकेण्ड लेफ्टिनेन्ट भएकी छन् । वीर गोर्खालीका सन्तानका रुपमा विश्वमा चिनिएका नेपाली छाप पहिचानलाई नेपाली चेली अस्मिताले अझै प्रगाढ बनाइदिएकी छन् ।

नेपालीहरु भारत, बेलायत, अमेरिकालगायतका सम्पन्न राष्ट्रको सुरक्षार्थ तैनाथ भइरहेका बेला अस्मिता पनि अमेरिकाको उच्च ओहदामा पुग्न सफल भएका छन् ।स्याङ्जाकी अस्मिता अहिले अमेरिकाको अमेरिकन सैनिक संगठनको उच्च ओहदाको पद सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी छन् ।

स्याङ्जा जिल्लाको फेदीखोला ४ टोर्केमा जन्मेकी उनले आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेकी थिइन ।अस्मिताले पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली पास गरेकी थिइन भने सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट कक्षा १२ उत्तीर्ण गरेकी थिइन।

कक्षा १२ को अध्ययन सकेर उनि अमेरिका गएकी थिइन् । ब्याचलर अफ साइन्स (नर्सिङ)मा स्नातक गरेकी अस्मिता विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्ट बनिन । उनले ९ मे २०१९ मा सपथ पनि लिइसकेकी छन् ।
Source:Tajakhabar

Related Articles

Close