समाचार

बाबुरामले दलितलाई भने : “दलितले पनि हिन्दु धर्म मान्न हुन्छ ? छोड्नुहोस् यस्तो धर्म” (भिडियो)

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले हिन्दु धर्मको कारण दलितमाथि विभेद भएको बताएका छन् ।

समता फाउन्डेशनले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक २ दिने राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले हिन्दू धर्मले जातपातलाई प्राथमिता दिँदा दलितमाथि विभेद भएको दाबी गरे ।

संविधानबाट दलितलाई अधिकार दिलाउन गाह्रो रहेको भन्दै उनले ऐन बनाउन जोड दिए ।दलितहरुको सबै तहको शिक्षा निःशुल्क गर्नुपर्नेमा जोड दिएका डा भट्टराईले अभियानकै रुपमा शिक्षा निःशुल्क गरिनुपर्ने बताए ।

भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउनु पर्नेमा जोड दिएका उनले संविधानमा दलितको अधिकार सुनिश्चित गरिए पनि ऐन अभाव रहेको भन्दै ऐन पनि बनाउनु पर्ने बताए ।

Source:Tajakhabar

Related Articles

Close