विचारसमाचार

दुबै मृगौला फेल भएकी सरस्वती भन्छिन, सके सहयोग गर्दिनु नसके एक शेयर गर्दिनु

म बाँच्न चाहन्छु । दुवै मृगौला फेल भएर पीडित बनेकी सरस्वती क्षेत्रीले भावुक हुँदै भनिन्, मलाई बचाइदिनुस् !काठमाडौँस्थित ढुंगेधारा बस्दै आएकी सरस्वती क्षेत्रीको करिव दुईवर्ष अघि दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाचिरहेकी छिन् । ३५ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ ।

तर जीबन मरणको दोसादमा रहेकी उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।भारतको दिल्लीमा उपचारको क्रममा पैसा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाइरहेको छ । नयाँ जीवनको आशामा बाचिरहेकि पिडित सरस्वतीले सहयोगको लागी सबै सामु अपिल गरेकी छन् ।

Related Articles

Close