बिज्ञान प्रबिधि

सार्वजनिक भयो मंगल ग्रहको आवाज ! मंगल ग्रहको आवाज पहिलो पटक सुन्न सकिने ![भिडियो सहित}

अमेरिकन स्पेस एजेन्सी नासाको इनसाइट नामक स्पेसशिपले मंगलमा ठूलो सफलता हासिल गरेको छ। मंगल ग्रहमा हुने वायु कम्पनको बारेमा अध्ययन गर्नको लागि यस स्पेसशिपबाट केहि तथ्य प्राप्त भएको बुझिएको छ।मंगल ग्रहमा हावा चल्दा निक्लिने आवाज अब सुन्न सकिने भएको हो। मंगल ग्रहमा चल्ने हावाको आवाज भएको भिडियो नासाले सार्वजनिक गरेको छ।

इनसाइट नामक स्पेसशिपले मंगल ग्रहबाट यस अडियो क्लिप पृथ्वीमा पहिलो पटक पठाएको हो। यो अडियो सुन्नेहरुले मंगल ग्रहको आवाज पहिलो पटक सुन्नेछन्।नासाका अनुसार मंगल ग्रहमा चलिरहेको हावाको रेकर्ड प्राप्त भएको हो। रेकर्ड हुँदा मंगल ग्रहमा चलेको हावाको गति १० देखि १५ माइल प्रति घण्टा रहेको थियो।

इनसाइटमा जडान गरिएको दुई सेन्सरले यस अडियो रेकर्ड गरेको नासाले बताएको छ। मंगल ग्रहमा चल्ने हावा सुन्न पाउनु अनियोजित खुशी भएको भन्दै अनुसन्धानकर्ताहरु खुशी व्यक्ति गरिरहेका छन्।

इनसाइट गत महिना नोभेम्बेर २६ को दिन मंगल ग्रहमा अवतरण भएको थियो। मंगल ग्रह माथि अध्ययन गर्नको लागि नासाले यस स्पेसशिपलाई मंगल ग्रहमा पठाएको थियो।लगभग ६ महिना लगाएर मंगल ग्रह पुगेको इनसाइटले ३०१२२३९८१ माइल यात्रा गरेको थियो। नासाको अनुसार इनसाइटले मंगल ग्रहमा लगभग २ वर्ष सम्म अध्ययन गर्नेछ। मिडिया एनपी

Related Articles

Close