खेलकुद

ब्राजिल र नेदरल्याण्डका खेलाडीलाई पछि पार्दै नेपालका रोहित बने उत्कृष्ट खेलाडी !

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रोहित चन्दको टोली पर्सिजा जकार्ताले आइतबार इन्डोनेसियाको लिग वनको उपाधि हात पारेको छ ।

क्लबले उपाधि जित्दा चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनी ब्राजिलियन र डच खेलाडीलाई पछि पार्दै उत्कृष्ट खेलाडी बनेका हुन् । गत साता उनी लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए । रोहितको लगातार उत्कृष्ट प्रदर्शनको मदतले पर्सिजाले लिग उपाधि जित्न सफल रहयो ।

लिगको ३१ खेल खेलेका रोहितले ३ गोल र २ असिस्ट प्रदान गरे । रक्षात्मक मिडफिल्डरको भूमिका निभाएका रोहितले गोलको तथ्यांकमा उल्लेख्य प्रदर्शन नगरेपनि उनले मैदानमा भने निकै राम्रो प्रदर्शन गरेका थिए ।

रोहितसँगै उत्कृष्ट खेलाडीको मनोनयनमा पर्सबायाका ब्राजिलियन फरवार्ड डेविड डे सिल्भा र पीएसएम मकासरका डच मिडफिल्डर विलेम जान प्लम रहेका थिए । प्राविधिक समितिले उत्कृष्ट खेलाडीको छनोटमा खेलाडीको विभिन्न पक्षलाई हेरिने जनाएको थियो ।मिडिया एनपी

Related Articles

Close