भिडियोसमाचार

स्कुटीमा बच्चासहित सवार महिलाको गहना यसरि लुटियो, सिसिटिभिमा कैद भयो दृश्य

कोटा, राजस्थान। भारत राजस्थानको तलवंडीमा भएको एउटा घटनाको भिडियो फुटेज सार्वजनिक भएको छ।स्कुटीमा सवार महिलाले लगाएको गरगहना बाइकमा आएका एक युवकले लगेर हिँडेको भिडियो फुटेजमा देखाइएको छ।

महिलाको चेन लूटन तानेपछि दुर्घटना भएको हो।अचानक युवकले महिलामाथि आक्रमण गरेपछि दुर्घटना भएको हो। घटना २८ डिसेम्बरमा भएको दैनिक भास्करले जनाएको छ।

महिला सवार स्कुटी उनका छोराले चलाएको बुझिएको छ। इंदू सोनी नामकी महिला छोरा सँगै बजार गइरहेकि थिइन्। स्कुटीबाट लडेपछि घाइते रहेको बताइएको छ। प्रहरीले घटनाको बारे अनुसन्धान भइरहेको जनाएको छ।

Related Articles

Close