भिडियोसमाचार

रामबहादुर बम्जनको बिषयमा कार्यक्रममै हात हालाहाल (भिडियो )

काठमाडौं, १४ पुस । तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनको पक्ष र विपक्षबीच प्राईम टाईम्स टेलिजिनको “जनता जान्न चाहन्छन्” कार्यक्रममै हात हालाहाल भएको छ ।बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले शुक्रबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सरकारसमक्ष आग्रह गरेका छन् ।

हेर्नुहोस भिडियो सहित::

पत्रकार ऋषि धमलाले शुक्रबार साँझ दुवै पक्षलाई राखेर बहस चलाएका छन् । उक्त बहसमा बौद्ध धर्मको एक संगठन अहिंसावादी धर्म चक्र संघका महासचिव प्रेम दोर्जे लामाले बमजनलाई फटाहा भनेपछि बमजनका समर्थक मणि लामाले भने उनलाई महान तपस्वी र धर्मगुरुको संज्ञा दिए । यही क्रममा दोर्जे लामा र मणि लामाबीच झण्डै हात हालाहाल भएको छ ।

हेर्नुहोस प्रेस मीट

बमजनका समर्थकले बमजनविरुद्ध देशी तथा विदेशी शक्तिबाट षड्यन्त्र भैरहेको आरोप लगाए । मणि लामाले बेपत्ता भएको हो भने संघमा आएर खोज्न आग्रह गरे । एकैचोटी पत्रकारसमक्ष आएर बोल्नु भनेको राजनीति भएको उनले उल्टै आरोप लगाए ।

Related Articles

Close