भिडियोमनोरंजन

मुन्द्रेको क्लबमा देखियो अहिलेसम्मकै रमाईलो दृश्य, जब शृंखला हाँस्दा हाँस्दै लट्ठै परिन्

काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ। दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ ।

कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेकी छिन् र राजाराम पौडेल घरबेटी बनेका छन् ।

मुन्द्रेको कमेडी क्लबमा अबको नयाँ एपिसोडमा मिस नेपाल वर्ल्ड शृंखला खतिवडा देखिएकी छिन् ।

श्रृङ्खला मिस नेपाल २०१८ की उपाधि विजेता हुन् भने उनले मिस वर्ल्ड २०१८ मा पनि टप १२ सम्म सेलेक्ट भएर साथै दुईवटा सब टाइटल जितेर नेपाल र नेपालीको शिर उच्च पारेकी छिन् । आज उनैसँग निकै रमाइलो कुराकानी भएको छ मुन्द्रेको सोमा ।
सिधा न्युज बाट साभार

Related Articles

Close